ConnectIPS e-Payment अब निःशुल्क

चैत्र ७, काठमाडौँ ।  बैंक तथा वित्तिय संस्थाका शाखाहरुमा सेवाग्राहीको भीड कम गर्ने उदेश्यका साथ नेपाल क्लियरिङ्ग हाउसले connectIPS e-Payment प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क चैत्र मसान्त सम्मका लागी मिनाहा गर्ने व्यवस्था गरेको छ ।  

मोबाईल एप्स, वेब, सदस्य बैंकको इन्टर्नेट/मोबाईल बैंकिङ च्यानल तथा अन्य Indirect/Technical सदस्यको च्यानल लगायतबाट connectIPS e-Payment मार्फत गरिने सम्पूर्ण भुक्तानी कारोबारहरुमा पठाउने ग्राहकलाई कुनै शुल्क नलाग्ने व्यहोरा कम्पनीले जनाएको छ ।   

बैंक वित्तिय संस्थाहरुमा भीडभाडबाट टाढा रहनुपर्ने र बित्तिय कारोबार पनि सहज ढङले संचालन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी सो व्यवस्था लागू गरिएको हो । यसले सर्वसाधारणले अन्लाईन भुक्तानी प्रणाली प्रयोग गर्न थप सहजता हुने अपेक्षा गरिएको छ ।   

connectIPS e-Payment प्रणालीमा एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । यसको वेबबाट रु १० लाख र मोबाईल एप्सबाटरु १ लाख सम्मको प्रति कारोबार रियल टाइममा गर्न सकिन्छ । connectIPS को फण्ड ट्रान्स्फर सुविधा विभिन्न बैंक वित्तिय संस्थाको मोबाइल/इन्टेर्नेट  बैंकिङमा पनि उपलब्ध रहेको छ । 

थप जानकारीका लागि www.nchl.com.np वा www.connectips.comमा हेर्नुहोस । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *