एन आई सी बैंकका ग्राहकलाई हायात रिजेन्सी होटलमा १५% छुट
स्राेतः गुगल
चैत्र ३, काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका बिभिन्न सेवाहरूमा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र होटलबीच समझदारी (MoU) भएको छ ।
यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी हाे । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरे ।
उक्त समझदारी बमोजिम यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे बापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउनेछन् । साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ ।
यसैगरी ग्राहकले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।