आज चट्याङसहित वर्षाको सम्भावना, थाहा पाउनुहोस् तीन दिनको पूर्वानुमान

फागुन २८, काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेकाले मौसम बदली रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने भएको हो ।   

पश्चिमी तथा मध्य पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । चट्याङसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।   

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान :- 

null

फागुन २८गते (बुधबार) 

दिउँसोः देशभर पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक देखि सामान्यबदलीरहनेछ । पश्चिमी तथा मध्य पहाडी भू-भागका केहि स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ । 

रातीः देशभर पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक देखि सामान्यबदलीरहनेछ । पश्चिमी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ । 

फागुन २९गते (बिहिबार) 

दिउँसोः देशका मध्य र पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआँशिक बदली रहनेछ । पहाडि भू-भागका १-२ स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ । 

रातीः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमाआँशिक बदली रहनेछ । पहाडि भू-भागका १-२ स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ । 

फागुन ३० गते (शुक्रबार) 

दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ । केहि स्थानमा असिना/हावाहुरी को समेत सम्भावना रहेको छ । मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ । 

रातीः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी भू-भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको संभावना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *