डेनिला जसले अरुलाई कोरोनाबाट बचाउन आत्महत्याको विकल्प पाइनन्
चैत १३, एजेन्सी । अहिले युरोपियन देश इटाली कोरोना भाइरस संक्रमणले आक्रान्त छ । संक्रमण न्यूनिकरणका लागि राज्यले पुरै शक्ति लगाएपनि कोरोना नियन्त्रणमा आउन सकेको छैन । यस्तोमा दिनरात कोरोना संक्रमितको उपचारमा खटिएकी एक नर्सले अरुलाई बचाउन आत्महत्याको बाटो रोजेकि छिन् ।
इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएकी नर्सले आफु समेत कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी छिन् । ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र लोम्बार्दीमा खटिएकी थिइन् ।
उनी त्यस क्षेत्रमा कोरोना संक्रमितहरुको उपचारका लागि स्वास्थ्यकर्मीको टोलीको नेतृत्व गरेर उपचारमा तल्लिन थिइन् । बेलायतको टेलिग्राफका अनुसार कोरोना संक्रमितहरुको उपचारमा रातदिन जुटेकी उनले आफैँमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आत्महत्या गर्ने निर्णय लिएकी हुन् ।
उनी लोम्बार्दी क्षेत्रको मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटको नेतृत्व गर्दे खटिएकी नर्स थिइन् । यो क्षेत्रलाई कोरोना भाइरसले सबैभन्दा धेरै चपेटामा पारेको छ ‘कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफै संक्रमित हुन पुगेँ । अब अरु मानिसलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता म भित्र छैन’, आत्महत्या गर्नुअघि उनले लेखेकी थिइन् ‘त्यसैले अरु धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी छु ।’
नर्सहरुको महासंघ इटालीले डेनिला ट्रेज्जी कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित लोम्बार्डी क्षेत्रमा खटिएकी थिइन् ।
डेलीमेलका अनुसा इटालीमा कोरोनाभाइरसविरुद्धको लडाईंमा नर्सहरु अग्रमोर्चामा खटिएका छन् । डेनिलाको आत्महत्याको खबरले सबै चिकित्सक र सिंगो मुलुक स्तब्ध भएको नर्सहरुको महासंघले जनाएको छ । महासंघका अनुसार ती नर्समा गरिएको परीक्षणमा कोरोनाभाइरसको पोजेटिभ आएको थियो । त्यसपछि उनी अरुलाई संक्रमण हुन सक्ने कुराले तनावमा थिइन् । महासंघले अरुलाई जोगाउन भन्दै नर्सले आत्महत्या गरेकोमा सिंगो देश नै स्तब्ध भएको जनाएको छ ।
‘कयौँ दिनरात कोरोना संक्रमितको उपचारमा खटिएकी नर्सलाई नै कोरोना संक्रमण भएको थियो’, महासंघले भनेको छ, ’एकजना नर्सले अरुको ज्यान जोगाउन आफ्नो ज्यान त्यागेको कुराले हामी मर्माहत भएका छौं ।’