कांग्रेस पूर्वसभापति मल्लको निधन

फागुन २७, चितवन । नेपाली काङ्ग्रेस रत्ननगरका पूर्वसभापति समर बहादुर मल्लको निधन भएको छ । पेटको समस्याबाट ग्रसित ५३ वर्षीय मल्लको आज बिहान उपचारका क्रममा काठमाडौमा निधन भएको हो ।   

एक साताअघि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उनको मृत्युबारे नेपाली काङ्ग्रेस रत्ननगरका सभापति रुपन राज घिमिरेले पुष्टी गरेका छन् । उनको आजै देवघाटमा दाहसंस्कार गरिने पनि घिमिरेले बताए । 

मल्लका श्रीमती, आमा, दुई छोरा र एक छोरी छन । रत्ननगर ९ निवासी मल्ल टिकौली बनको पूर्व उपाध्यक्ष एवम रत्ननगरका मेलमिलापकर्ता समेत थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *