अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय पुग्यो, ५५ हजार संक्रमित

चैत्र १२, काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ सय पुगेको छ भने ५५ हजार बढी संक्रमित छन् । 

त्यसमध्ये सबैभन्दा बढी न्युयोर्क र क्यालिफोर्निया संकटमा छन् । अमेरिकाका धेरै राज्यहरुले लकडाउन घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

विश्व स्वास्थ्य संगठनले संक्रमण निकै तीव्र गतिमा भइरहेको उल्लेख गर्दै अमेरिका विश्वको कोरोना महामारीको अर्को इपिसेन्टर बन्‍नसक्ने चेतावनी दिएको छ ।  

विश्व स्वास्थ्य संगठनले पहिलो इपिसेन्टर पहिलोपटक नोभेल कोरोना भाइरस देखिएको चीनलाई मानेको थियो । त्यसपछि कोरोनाबाट अहिलेसम्म धेरै मानिसको मृत्यु भएकाले युरोपको इटालीलाई इपिसेन्टर मानिएको थियो । 

अमेरिका कोरोना प्रकोपको सुरुवाती चरणमा छ । स्वास्थ्य अधिकारीहरुले आगामी सातासम्म अमेरिकाको अवस्था निकै खराब भइसक्ने चेतावनी दिएका छन् । डब्लूएचओले सुरक्षित हुन चेतावनी दिएपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिका बन्द नगर्ने बताइरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *