कोरोनाका कारण इटालीमा मृत्यु हुनेको संख्या २५ सय बढी
मकालु खबर
२०७६ चैत ५ गते
फाेटाेः गुगल
चैत्र ५, काठमाडौँ । इटालीमा कोरोना भाइरस (कोभीड–१९) बाट मृत्यु हुनेकाे संख्या २ हजार ५ सय ३ पुगेको छ । यो १६ प्रतिशतको वृद्धि हो ।
२४ घण्टाभित्र ३ सय ४५ को मृत्यु भईसकेको इटालीमा संक्रमितको संख्या पनि २७ हजार ९ सय ८० बाट ३१ हजार ५ सय ६ पुगेको छ ।
अहिले विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण अरु युरोपेली देशको तुलनामा इटालीमा अत्यधिक मात्रामा देखिएको पाईएको छ ।
मकालु खबर
२०७६ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित