कामना सेवा विकास बैंकको १२१औं र १२२औं शाखा प्रदेश नं १ मा

  

फागुन २८ काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १२१ औँ र १२२ औँ शाखा प्रदेश नं. १ मा विस्तार गरेको छ । प्रदेश नं १ अन्तर्गत सुनसरी जिल्लाको इनरmवा नगरपालिका वडा नं १ स्थित इनरmवामा यही फागुन २२ गते र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित इटाभट्टामा यही फागुन २३ गते आफ्नो  शाखा कार्यालयहरु स्थापना गरी कारोबार सुरु गरेको हो ।   

इनरmवा शाखाको समुद्घाटन इनरmवा नगरपालिका वडा नं १ का प्रमुख राजन मेहता तथा बैंकका संचालक श्री चतुराखर अधिकारीले संयुतm रुपमा गरेका थिए ।   

Image result for kamana bank

इस्तै, इटाभट्टा शाखाको समुद्घाटन मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ झापाका वीरष्ठ उपाध्यक्ष मोहन निरौला तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतm रुपमा शाखाको उद्घाटन गरेका हुन् ।   

काठमाडौँको, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२२ वटा शाखा तथा ६२ वटा एटीएममार्फत सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिं, मोबाइल बैंकिंग,सी एएसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *