कोरोना प्रभाव : देशभरका अदालत दुई सातासम्मका लागि बन्द
मकालु खबर
२०७६ चैत ७ गते
चैत्र ७, काठमाडौँ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् ।
सर्वोच्च अदालतमा शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु दुई साता बन्द गर्ने निर्णय गरेको हो ।
अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालत उच्च स्रोतले जानकारी दिएको हो ।
सर्वोच्च अदालत स्रोतका अनुसार बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिनेछ ।
यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।
मकालु खबर
२०७६ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित