दिल्ली सरकारले दैनिक चार लाख मानिसलाई खाना बाँड्ने
मकालु खबर
२०७६ चैत १५ गते
नयाँ दिल्ली । दिल्ली सरकारले दैनिक चार लाख मानिसलाई खाना बाँड्ने भएको छ ।
नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले देनिक चार लाख मानिसलाई खाना खुवाउने व्यवस्था मिलाएको बताएका हुन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै उनले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विपन्न परिवार बढी प्रभावित बनेको भन्दै पाँच सय विद्यालय र दुई सय ३८ टहरामा उनीहरुलाई खाना बाँडिने बताएका छन् ।
उनले भने, ‘प्रशासनको उडान टोलीले प्रत्येक जिल्लामा घुम्दै खाद्य संकट परेकालाई खाद्यान्न वितरण गरिरहेको छ । भोलिदेखि सहज ढंगले सुरु हुने र सबै स्थानमा खाना पुग्नेछ ।’
मकालु खबर
२०७६ चैत १५ गते
प्रतिक्रिया
सम्बन्धित