तारा एयरको जहाज लुक्लामा
मकालु खबर
२०७६ चैत १३ गते
चैत्र १३, काठमाडौं । लुक्लामा अलपत्र १४ जना फ्रान्सेली नागरिकलाई लिन तारा एयरको जहाज लुक्लामा अवतरण गरेको छ ।
काठमाडौंबाट दुई दिनदेखि लुक्लामा अलपत्र १४ जना फ्रान्सेली नागरिकलाई लिन तारा एयरको जहाज लुक्लामा अवतरण गरेको हो ।
ताराले गृह मन्त्रालयको अनुमतिमा उद्धारका लागि उडान गरेको तारा एयरले जनाएको छ ।
null
नेपाल सरकारले लकडाउनको घोषणा गरेपछि पदयात्रामा रहेका उनीहरुलाई ल्याउनका लागि काठमाडौंस्थित फ्रान्सेली दूतावासले जहाज चार्टर्ड गरेर पठाएको छ ।
दूतावासले पोखरामा रहेका आफ्ना नागरिकलाई काठमाडौं ल्याउनका लागि पनि जहाज पठाउने तयारी गरेको छ।
मकालु खबर
२०७६ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित