स्पेनमा सात नेपालीलाई कोरोना संक्रमण पुष्टि
मकालु खबर
२०७६ चैत १४ गते
चैत १४, काठमाडौं । कोेरोना भाइरसले विश्वमा महामारीको रुप लिइरहेका बेला स्पेनमा रहेका ७ नेपालीमा पनि संक्रमण भएको छ ।
स्पेनको बार्सिलोना निवासी सात नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार थालिएको छ । उनीहरुमध्ये एक जना गत सोमबारदेखि आईसीयूमा छन् । उनीसहित अन्य दुई जना बार्सिलोनास्थित हस्पिटल दे सान्त खोवान देस्पि अस्पतालमा छन् ।
अन्य चार जना नेपाली मध्ये ३ जनालाई बार्सिलोनाकै हस्पिटल सेन्टपाउ भन्ने अस्पतालमा राखिएको छ । बाँकी एक जनामा कोरोना भाइरस पोजिटिभ भएपनि अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीहरुको निगरानीमा बार्सिलोनाकै एक होटेलमा राखिएको छ ।
null
अहिले संक्रमित, तिनका परिवार र उनीहरुसँग सम्पर्कमा रहेकाका सबैको अस्पतालले स्वास्थ्य परीक्षण गरिरहेको छ ।
मकालु खबर
२०७६ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित