जड्याहामाथी प्रहरीको गोली : एकको अवस्था गम्भिर, दुईजना पक्राउ
मकालु खबर
२०७६ फागुन २५ गते
फागुन २५, काठमाडौं । पूर्वी नवलपरासीको कोल्हुवामा प्रहरीले जड्याहालाई नियन्त्रणमा लिन गोली चलाएको छ ।
मध्यविन्दु नगरपालिका ३ कोल्हुवा बजारमा गएराति प्रहरीले गोली हान्दा एकजना गम्भिर घाईते छन् भने दुईजना पक्राउ परेका छन् । राति पौने ११ बजे प्रहरीले गोली चलाउँदा स्थानीय प्रेम महतोको पेट र खुट्टामा लागेको हो । उनको अवस्था चिन्ताजनक छ ।
महतोको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । प्रहरीले स्थानीय मुना महतो र सुरज महतोलाई पक्राउ गरेको छ ।
एसपी दिपक रेग्मीका अनुसार कोल्हुवा प्रहरी चौकीको टोलीले भित्री सडकमा चेक गर्ने क्रममा मादक पदार्थ सेवन गरी एउटै मोटरसाइकलमा आएका उनीहरुले प्रहरीलाई हातपात र खुकुरी प्रहार गरेका थिए । प्रहरीमाथी नै हातपात गरेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको एसपी रेग्मी दाबी गरे ।
मकालु खबर
२०७६ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित