आज वर्षा र हिमपातको सम्भावना, यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

फागुन ३०, काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको देशभरको मौसम बदली रहनेछ छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी, मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित बर्षाको सम्भावना रहेको छ ।   

यसैगरी उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना छ । चट्याङ् तथा हावाहुरी र असिनासहित वर्षा तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउज पनि महाशाखाले अनुरोध गरेको छ ।   

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान :- 

null

फागुन ३०गते (शुक्रबार) 

दिउँसोः देशभर सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमार पूर्वी भू-भागका थोरैस्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित बर्षाकोसम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ । 

रातीः देशभरसामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी भू-भागलगायत मध्यका धेरै स्थानहरूमार पूर्वी भू-भागका केहीस्थानहरुमा मेघगर्जन/चट्याङ्गर हावाहुरीसहितवर्षाकोसम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ । 

चैत्र ०१गते (शनिबार)दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरूमामेघ-गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित वर्षाकोसम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ । 

रातीः देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशका पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वका केहिस्थानहरूमामेघ गर्जन/चट्याङ्गरअसिना/हावाहुरीसहितवर्षाकोसम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ । 

चैत्र ०२गते (आईतबार) 

दिउँसोः देशका अधिकांश भू-भागमा आन्शिक देखि सामान्य बदली रहनेछ । देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी भू-भागका थोरै स्थानहरूमामेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाकोसम्भावना रहेको छ । 

रातीः देशका पहाडी भू-भागमा आन्शिक देखी सामान्य बदली रहनेछ । देशको मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहितवर्षाकोसम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *