विदेशबाट आएका व्यक्तिको सूचना दिन आग्रह

चैत्र ११, कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिकाले केही दिन यता विदेशबाट आएका व्यक्तिको सूचना दिन सम्बद्ध सबैसँग आग्रह गरेको छ। 

कोरोना भाइरसको संक्रमणबाट जोखिम नहोस् भन्ने उद्देश्यले तत्काल विदेशबाट आएका व्यक्तिबारे सूचना दिन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए। 

विदेशबाट आएका व्यक्ति पनि स्वास्थ्य परीक्षण गरी आफूमा संक्रमण भए/नभएकोबारे ढुक्क बन्न सक्ने र यसले आफन्तजन एवम् साथीभाइलाई पनि कुनै सन्देह नहुने भएकाले गाउँपालिकाले उनीहरूका सम्बन्धमा जानकारी लिन लागेको अध्यक्ष कुँवरले बताए। 

null

‘गाउँपालिकाभित्र तत्कालै विदेशबाट कोही आएको भए त्यसको सूचना गाउँपालिका पदाधिकारी, स्थानीय स्वास्थ्यचौकी एवम् प्रहरीमा दिन भनेका छौं,’ उनले भने, ‘हालसम्म गाउँपालिकाभित्र केही दिन यता विदेशबाट आएका दुईजनाका सम्बन्धमा सूचना प्राप्त भएको छ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *