कुमारी बैंकको २२ औं शाखा रहित बैंकिङ्ग सेवा गुल्मीको लिम्घामा

फागुन २०, गुल्मी ।  कुमारी बैंक लिमिटेडले सत्यवती–०४, लिम्घा, गुल्मीमा आफनो २२औं शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।  

सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीद्वारा संयुक्तरुपमा एक समारोह बीच शाखा रहित बैंकिङ्ग सेवा उद्घाटन गरिएकाे हाे । उद्घाटन बैंकका डेपुटी सिइओ–  उमेश सिंह भण्डारी,  भिमलाल पौडेल, चेम्बर ओफ कमर्स–प्रदेश नं. ५ का इन्चार्ज अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको उपस्थितीमा गरिएकाे थियाे । 

१९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदैँ आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १२३ शाखा संजाल, ११९ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *