देशभरको मौसम कस्तो रहला ? यस्तो छ तीन दिनको पूर्वानुमान

फागुन २०, काठमाडौं । स्थानीय वायुको प्रभावले देशका केहि स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहने भएको हो ।   

महाशाखाले जारी गरेको सूचना अनुसार तराई भू-भाग सामान्यतय सफा रहने छ । मध्य तथा पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र  पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । 

आज राती पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहने महाशाखाले जनाएको छ । पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध गरिएको छ ।   

null

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान 

फागुन २० गते (मंगलबार)दिउँसोः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहनेछ । तराई भू-भाग सामान्यतय सफा रहने छ । मध्य तथा पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र  पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।रातीः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहनेछ । तराई भू-भाग सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।फागुन २१ गते (बुधबार)दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।रातीः देशका पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।फागुन २२  गते (बिहिबार)दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

रातीः  देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकि भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एक/ दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *