सिद्धार्थ बैंक र ब्लूक्रस हस्पिटलबीच सम्झौता

चैत्र ५, काठमाडौँ । सिद्धार्थ बैङ्क लिमिटेड र काठमाडौँको त्रिपुरेश्वर स्थित ब्लूक्रस हस्पिटल प्रा.लि.बिच बुधवार सम्झौता भएको छ । बैङ्कका कर्मचारी तथा ग्राहकहरूलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिने छुट सम्बन्धी सम्झौता भएको बैङ्कले जनाएको छ ।   

सम्झौता पत्रमा सिद्धार्थ बैङ्कका तर्फबाट सहायक महाप्रबन्धक सुरेश राज महर्जन र ब्लूक्रस हस्पिटलका तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।   

सम्झौता पश्चात् बैङ्कका कर्मचारीहरूले बैङ्कको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिँदा १२ प्रतिशत सम्मको छुट र ग्राहकहरू तथा कर्मचारीका सदस्यहरूले सेवा लिँदा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् ।   

Photo.jpg

सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैङ्कले देशभर १८५ वटा शाखा (३ एक्सटेन्सन काउन्टर सहित), १०१ शाखारहित बैङ्किङ सेवा, २०५ एटिएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *