कोरोनाका कारण अष्ट्रियामा ५ जनाभन्दा बढी भेला हुन रोक लगाईयो

फाेटाेः गुगल 

चैत्र ३ । अस्ट्रियामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीब्र हुन थालेको भन्दै रोकथामका कडा उपायलाई अवलम्बन गर्न नागरिकलाई सरकारले आग्रह गरेको छ । सरकारले आइतबार एक निर्देशन जारी गर्दै सङ्क्रमणलाई नियन्त्रण गर्न पाँच वा सोभन्दा बढी संख्यामा मानिसहरु भेला हुन रोक लगाएको छ । 

सरकारले अनावश्यक रूपमा हुने आवागमनलाई पनि रोक्न आवश्यक भइसकेको जनाउँदै अत्यावश्यकबाहेक घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ । सरकारले आगामी मङ्गलबारदेखि यहाँका रेस्टुरेन्टहरु पनि बन्द गर्ने तयारी गरिरहेको सरकारी अधिकारीले बताएका छन् ।   

Image result for कोरोना

अष्ट्रियामा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि सरकारले नियन्त्रणका लागि कडा कदम लिएको बताइएको छ । आइतबार सङ्क्रमितको सङ्ख्या ८०० पुगेको छ भने पछिल्लो एक दिनमा मात्रै १४५ जनामा सङ्क्रमण देखिएको छ । 

अस्ट्रियाले बेलायत, नेदरल्यान्ड्स, रुस, युक्रेन, इटाली र स्वीजरल्यान्डका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । 

यसैबीच विश्वभर एक लाख ५२ हजार ४२८ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठनले आइतबार जनाएको छ । उनका अनुसार विश्वका १४१ मुलुकमा कोरोनाको सङ्क्रमण फैलिएको र सङ्क्रमितमध्ये पाँच हजार ७२० जनाको उपचारका क्रममा मृत्यु भएको छ । लगभग ६ हजारको सङ्ख्यामा सङ्क्रमणका जटिल समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।   

संगठनका प्रवक्ता फादेला चाइबले पछिल्ला दिनमा यूरोपमा सङ्क्रमणको प्रकोप बढी देखिएको बताए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *