कुमारी बैंकको परिवार सुरक्षा बचत खातामार्फत बीमा दाबी भुक्तानी

फागुन २२, काठमाडौँ । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ति तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुनेगरि स्वास्थ उपचार बीमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत १८ घातक रोगहरु विरुद्ध बीमा सुविधा प्रदान गर्दै आईरहेको छ ।   

विभिन्न ग्राहकहरुले बीमा दाबी भुक्तानी पाउने क्रम बढ्दो छ । अहिले सम्म  ६१ बीमा दाबी भुक्तानीहरु ग्राहकले प्राप्त गरिसकेका छन् ।  परिवार सुरक्षा बचत खाता मार्फत बीमीत ग्राहकहरुले रु १,३५५,१८३ बराबरको दाबी रकम प्राप्त गरिसकेका छन् ।   

यी मध्ये धेरैजसो औषधी उपचार बीमा दाबीहरू रहेको बैंकले जनाएको छ । उक्त बीमा भुक्तानी बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा गरेकाे बैंकले जानकारी गराएको छ ।  । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *