कोरोना भाइरसले बढायाे सेक्स टोयको विक्रि

चैत्र १०, एजेन्सी । कोरोना भाइरसको कारण अहिले विश्वका धेरै देशमा संकटको अवस्था छ । मुलुकहरू लकडाउनमा पुगेका छन् र धेरै जनताहरू घरभित्रै बसिरहेका छन् । यस्तो अवस्थामा मानिसहरूले खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानहरू अत्याधिक मात्रामा खरीद गरेर घरमा सञ्चय गरिरहेका छन् । 

कोरोनाका कारण मानिसहरूले सामान्य अवस्थामा भन्दा धेरै किनमेल गरेर घरमा सामान थुपार्ने प्रवृत्ति सबै देशमा समान देखिन्छ । नेदरल्याण्डमा बजारमा गाँजाको किनमेल ह्वात्तै बढेको छ । फ्रेन्चहरूले अत्याधिक मात्रामा रेड वाइन किनेका छन् । उता इटालियनहरूले भने चुरोट बढी किनिरहेका छन् । त्यस्तै, अष्ट्रियनहरूले चाहिँ पिठो र ट्वाइलेट पेपर बढी मात्रामा खरीद गरेका छन् । 

उल्लेखित उपभोग्य सामानहरूको खरीद प्रवृत्तिमा देशगत रूपमा भिन्नता भए पनि एउटा चिजको खरीद भने विश्वभर नै बढेको छ । कोरोनाका कारण सबैजसो देशमा उच्चदरमा बिक्री भएको चिज हो, से’क्स टोय अर्थात् यौन खेलौना । 

Image result for sex doll

जब दैनिक आधारभूत आवश्यकता पूरा हुन्छ, तब मानिसहरू मनोञ्जनतर्फ आकर्षित हुन्छन् । जब सिनेमा जाने, थिएटर जाने, रेष्टुरेन्ट तथा बार अनि पवहरू जाने कुरा कोरोना कारण बन्द हुन्छ तब अविवाहित मानिसहरूसँग मनोरञ्जनको विकल्प सीमित हुन्छ । त्यसैले पनि होला घरभित्रै थुनिइरहेको बेला मन बहलाउन वा मनोरञ्जन प्राप्त गर्नका लागि मानिसहरूले सेक्स टोयको प्रयोग बढेको छ । 

अनलाइन सेक्स टोय डिलर वुम्यानिजरका अनुसार, जनवरी यता सेक्स टोयको बिक्री तीव्र रूपमा बढेको छ । क्यानडामा सेक्स टोयको बिक्रीमा १ सय ३५ प्रतिशतले वृद्धि भएको छ । पश्चिमा मुलुकहरूमा मात्र होइन, चीनमा पनि सेक्स टोयको माग जनवरी र फेब्रुअरी महिनामा ७१ प्रतिशतले बढेको छ । 

कोरोना भाइरसबाट सबैभन्दा धेरै मानवीय क्षति व्यहोरेको मुलुक इटालीमा पनि सेक्स टोयको मागमा ६० प्रतिशतले वृद्धि भएको छ । उल्लेखित डाटा जनवरी १ देखि मार्च ६ सम्मको मात्र हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *