विराटनगरमा होली : कोरोनाको जोखिम (फोटो फिचर)

फागुन, २७ विराटनगर । गत वर्ष भन्दा यो वर्ष विराटनगरमा होलीको रौनक घटेको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) उच्च जोखिम युक्त मुलुकको रूपमा राखिएसँगै सरकारले होली खेल्न, भिडभाडमा नजान अपिल गरेसँगै विराटनगरको यो वर्षको होली प्रभावित भएको हो  ।   

गत वर्ष जस्तो  यो वर्ष विराटनगरमा खासै होलीको रौनकता देखिएन । चोक, चोकमा युवा जमातमा हुने होली विशेष आयोजना हुने कार्यक्रमहरू नदेखिए पनि केही युवाहरू भने रङले मात्रै होली मनाइरहेको देखिएका थिए ।   

कोरोना सङ्क्रमणको त्रासको कारण यो वर्ष होली साधारण तरिकाले मनाएको विराटनगर ११ का मनिस रायले बताए ।  उनले भने ‘हाम्रो समुदायको विशेष पर्व हो होली, तर सुख्खा अविरले एकआपसमा टिका लगाएर मात्रै मनाएका छौ । ’   

विराटनगर १२ का अजय शाहले थपे, यो साल त होलीको माहौल नै छैन, पहिले, पहिले त होली भव्य हुन्थ्यो चौक भरिएका हुन्थे । अधिकांश सडक पातलो नै देखिन्थे ।   

कोरोनाको प्रभाव हेली सँगै यातायात व्यवसायीमा परेको सवारी चालक रोशन कार्कीले बताए  । उनले भने ‘पोहोर सालको होलीमा १२ बजेपछि यात्रुको चाप अत्यधिक मात्रामा हुन्थ्यो तर यो साल भने जतिको यात्रु छैन ।’   

त्यस्तै  अर्का महावीर रोडका कपिस इनटरप्रायजरका प्रोप्राइटर मनोज बसाल भन्छन् यो वर्षको होलीमा रङ खोज्ने भन्दा पनि मास्क खोज्ने ग्राहक धेरै आए । उनको अनुसार यो वर्ष व्यारमा ९५ प्रतिशत ओरालो लागेको छ ।   

सुरक्षाको हिसाबले सामान्य   

यो वर्षको होली पर्व सामान्य, शान्तिपूर्ण हिसाबले नै मनाएको र त्यस्ता खालको अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव निरीक्षक मानबहादुर राईले बताए । उनको अनुसार सुरक्षाको हिसाबले यो वर्ष सामान्य नै रहेको साथै खाद्यपदार्थ सेवन नियन्त्रणका गर्नका निमित्त विभिन्न स्थानहरूमा प्रहरी परिचालन गरिएको थियो । भने होलीको विशेष सुरक्षाका लागि पाँच सय प्रहरी परिचालन भएका थिए ।   

त्यस्तै जिल्ला ट्राफिक प्रहरीको अनुसार बिना लाइसेन्सको एक सय ३८, ३ जना सवार भएको मोटरसाइकल ७८, विना लाइसेन्स,विल बुकका ६६ जना, सिठी सफारी १ वटा, ट्याम्पो १ गरी जम्मा ३ सय ४३ वटा सवारी नियन्त्रण रहेको छ भने गत वर्ष ४ सय २४ वटा सवारी साधन नियन्त्रणमा रहेको थियो । गत वर्षको तुलनामा  यो वर्ष सवारी दुर्घटनाका घटनाहरू पनि कम रहेको प्रवक्ता राईको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *