आज देशभरको मौसम सफा रहने, यस्तो छ तीन दिनको पूर्वानुमान

फागुन २६, काठमाडौं । हाल उल्लेखनिय मौसमी प्रणाली नभएकाले देशभर मौसम सामान्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वी पहाडी भू-भागमा आँशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने भएको हो ।   

यस्तो छ  तीन दिनको पूर्वानुमान :- 

फागुन २६गते (सोमबार) 

null

दिउँसोः देशको पुर्वी पहाडी भू-भागमा आँशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

रातीः  देशभर मौसम सामान्यतया सफा रहनेछ । 

फागुन २७गते (मंगलबार) 

दिउँसोः देशभर आँशिक बदली रहनेछ । अपरान्ह पछि पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

रातीः  देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ । 

फागुन २८गते (बुधबार) 

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ । 

रातीः  देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *