क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको होटल भत्किदा ७० जना फसे
मकालु खबर
२०७६ फागुन २५ गते
फागुन २५, काठमाडौं । दक्षिणी चीनको फुजिएन प्रान्तमा ‘क्वारेन्टाइन’को रुपमा प्रयोग गरिएको होटल भत्किएको छ ।
कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किएको हो । च्वान्जू नगरस्थित उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेका थिए । तीमध्ये ४७ जनालाई बाहिर निकालिएको छ ।
चिनियाँ अधिकारीहरुका अनुसार अहिलेसम्म कसैको मृत्यु भएको पुष्टि भएको छैन । स्थानीय समयअनुसार साँझ साढे ७ बजे होटल एक्कासि भत्किएको थियो । उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष थिए ।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो ।
मकालु खबर
२०७६ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित