कोरोनाका कारण होटल व्यवसायमा असर गरेको भन्दै समिति गठन
फागुन ३०, धरान । धरानको पर्यटनमा परेको असर समाधानको प्रयास गर्न होटल व्यवसायीहरु जुटेका छन् । शुक्रबार होटल नवयुगमा भेला भएका आवासीय सुबिधा प्रदान गर्ने होटल, लज र गेष्ट हाउसका सञ्चालकहरुले होटल व्यवसायी समिति धरान गठन गरेका छन् ।
होटल कंचनजङ्गाका सञ्चालक मनोजकुमार मेयाङ्बोको अध्यक्षतामा हाललाई सात सदस्यीय समिति गठन गरिएको हो । समितिले तत्कालिन रणनीति बनाइ कार्य गर्नेछ । कोरोना भाइरसको विश्वव्यापी असर र गत वर्षको डेंगुको असरले पारेको प्रभावका बारे छलफल गरिएको थियो । समितिले धरानको प्रवर्धनका लागि सोसियल साइट मार्केटिङको रणनीति बनाउने छ ।
यसैगरी आर्थिक मन्दिले पारेको प्रभावका बारे राज्यलाई झक्झक्याउने, ब्याज छुट, कर छुट र घरभाडा घटाउन समेत दबाव दिने गरी रात्रीकालीन बजार, सांस्कृतिक गतिबिधी गर्ने बारे पनि रणनीति बनाइ काम गर्ने छलफल गरिएको छ । समितिको सचिवमा वासुदेव बराल, कोषाध्यक्षमा गोपाल आचार्य र सदस्यहरुमा प्रमेश श्रेष्ठ, एलिना मगर, रबिन्द्र अधिकारी तथा होटल एशोशिएसन अफ धरानका प्रतिनिधी रहेका छन् ।
null