“राष्ट्रिय नारी सम्मान-२०७६” द्वारा सौन्दर्यविद श्रेष्ठ सम्मानित

फागुन २४, काठमाडौँ । शान्ति र बिकासको लागि नागरिक आवाज संस्थाद्वारा ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा आयोजना गरिएको बिशेष समारोहमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर सञ्चालन गर्दै सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएकि रश्मिला श्रेष्ठलाई “राष्ट्रिय नारी सम्मान-२०७६” बाट सम्मानित गरेकाे छ ।   

उनलाई राष्ट्रिय सभाको उपाध्यक्ष शशिकला दाहाल तथा बिशिष्ट अतिथि पूर्वमन्त्रि राधा कुमारी ज्ञवालीले “राष्ट्रिय नारी सम्मान-२०७६” बाट सम्मानित गरेका छन् । सेलिब्रेटी देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एक मात्र अन्तराष्ट्रिय स्तरको कम्पप्लिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो । 

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिँदै आएको छ । 

महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *