धरानमा कोरोना भाईरस सचेतना फैलाईंदै मनाइयो अन्तराष्ट्रिय महिला दिवस

फागुन २५, धरान । कोरोना भाइरस संक्रमणका कारण सुनसरीको धरान उपमहानगरपालिकाले कुनैपनि सभा सम्मेलन नगर्न सुचना जारी गरेपनि आईतबार ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जनचेतना मुलक कार्यक्रम आयोजना गरियो । महिला सञ्जाल धरानले ११० औं अन्तराष्ट्रिय महिला दिवस कोरोना भाइरस सचेतना कार्यक्रम गरेर मनायो ।   

आम सर्वसाधरणमा कोरोना भाइरसको डरत्रास बढिरहेको अवस्थामा यसबाट कसरी बच्ने तथा संक्रमण फैलिन नदिने उपायहरुको बारेमा जनचेतना मुलक सन्देश सहितको पर्चा पम्प्लेट बाँड्दै चेतनामुलक कार्यक्रम गरेको महिला सञ्जाल धरानकी पुर्वअध्यक्ष शिला बर्जाचार्यले जानकारी दिइन् ।   

धरानबासीलाई कोरोना भाइरसका बारेमा सचेतना दिन सञ्जालले चेतना मुलक पर्चा पनि बितरण गरेको छ । विश्व नै कोरोना भाइरस रोगको संक्रमणमा रहेको अवस्थामा धरानबासीलाई सचेत गराउने उद्देश्यले कोरोना भाईरसका लक्षणका साथै कसरी सावधानी अपनाउने जस्ता विषय राखेर तयार पारीएको पर्चा बाँड्दै घरदैलो गरिएको महिला सञ्जाल धरानकी अध्यक्ष सबिता राईले बताईन ।   

सञ्जालले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेर मनाउँदै आइरहेको श्रमिक महिला दिवसका अवसरमा यस वर्ष पनि विभिन्न क्षेत्रका श्रमिक महिलाहरूलाई सम्मान संगै बिबिध कार्यक्रम गर्ने तय भएपनि कोरोना भाईरसको त्रासका कारण कार्यक्रमहरु स्थगित गर्नुपरेको थियो ।   

सचेतना कार्यक्रम धरानको भानुचौकबाट सुरु गरिएको थियो । उनीहरुले पैदल यात्रीलाई मात्र नभई, लामो यात्राकोलागि गाडीमा रहेका यात्रुहरुलाई पनि पर्चा वितरण गरेका थिए । सञ्जालको यो अभियानलाई इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले पनि साथ दिएका थिए । उनीपनि भानुचोकमा पैदल यात्रीहरुलाई पर्चा वितरण गर्दै कोरोनाबाट जोगिन आग्रह गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *