लकडाउनका समयमा घरेलु हिंसाका घटना बढ्नसक्ने राष्ट्र संघको चेतावनी
न्युयोर्क । लकडाउनका समयमा घरेलु हिंसाका घटनारु बढ्नसक्ने संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विश्वभर लामो समयका लागि लकडाउन घोषण भएसँगै घरेलु हिंसाका घटनाहरु बढ्नसक्ने चेतावनी दिएको हो ।
राष्ट्र संघका महिलाविरुद्धको हिंसाका विशेष प्रतिनिधि डुबराभका सिमोनोभिकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै लकडाउनका समयमा घरेलु हिंसाका घटनाहरु बढ्नसक्ने बताएकी हुन् ।
धेरै महिला र बालबालिकाका लागि घर नै दुर्व्यवहार र त्रासको क्षेत्र बन्नसक्छ । कोभिड १९ को महामारी रोक्न लकडाउन र प्रतिबन्धहरु लगाइएका बेला मानिसहरु आइसोलेसनमा रहने भएकाले दुर्व्यवहार बढ्न सक्छन्, अधिकांश केसहरुमा नजिकको साथीुको मृत्युका घटनाहरु पनि बढ्न सक्छन् । विज्ञप्तिमा भनिएको छ
पीडितका लागि सहयोग गर्ने संस्थाहरु पनि अहिले लकडाउनमा भएका कारण यस्ता घटनाको जोखिम उच्च हुने सिमोनोभिकले बताएकी छन् । एजेन्सीको सहयोगमा