‘लकडाउन’ उलंघन गर्नेलाई भाले बनाइएपछि…

चैत ११, काठमाडौं। अहिले कोरोना भाइरस (कोभिड–१९)को प्रकोप विश्वभर तीव्र गतिमा फैलिइरहेको छ। प्राय सबैजसो देशहरुले कोरोना भाइरस रोकथामका लागि आफ्नो भएभरको शक्ति लगाएका छन्। तर यसको औषधि पत्ता लगाउन सकेका छैनन्, जसका कारण ज्यान गुमाउने र संक्रमितहरुको संख्या बढ्दै गएको छ।   

कोरोनाको लक्षण देखिएका मानिसलाई पहिचान गरी आइसोलेसनमा राखेर उपचार र  नियन्त्रणको प्रयास भइरहेको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि भारत, पाकिस्तान र नेपाल लगायतका दक्षिण एसियाली राष्ट्रले लकडाउनको नीति अबलम्ब गरेका छन्। 

भारत र पाकिस्तानका मुख्य–मुख्य शहरहरु ठप्प पारिँदा नेपाल पुरै ठप्प पारिएको छ। यसबीचमा भारत र पाकिस्तानमा लकडाउनका बेला घरबाट बाहिर सडकमा निस्किएका मानिसलाई सजाय दिइएको छ। पाकिस्तानको कराची शहर हाल लकडाउन गरिएको छ।   

उक्त शहरमा लकडाउनको नियम पालना नगर्ने मानिसहरुलाई भाले बनाएर सजाय दिइएको छ। यस्तै भारतमा दिल्लीसहित मुख्य शहरहरुमा लकडाउनको नियम पालना नगर्नेलाई उठबस गरेर घर फर्किन भनिएको छ। भारत र पाकिस्तानले लकडाउन उल्लंघन गर्नेलाई दिएको सजाय यतिबेला सामाजिक सन्जालमा भाइरल बनेको छ। उक्त घटनाको फोटो र भिडियो सार्वजनिक भएका छन्। 

हालसम्म भारतमा ५११ कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ १० जनाको मृत्यु भइसकेको छ। पाकिस्तानमा ९०८ कोरोना भाइरसका कारण बिरामी परेका छन्। त्यहाँ ७ जनाको मृत्यु भइसकेको छ। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *