दुई मोटरसाइकल एकापसमा ठोक्किदा १ जनाको मृत्यु, ३ घाइते

फागुन २५, काठमाडौं । कञ्चनपुरमा आज (आइतबार) सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।  

कञ्चनपुरको पुनर्वास नगरपालिकामा दुई मोटरसाइल एकापसमा ठोक्किदा  १६ वर्षीय दिनदयाल रानाको मृत्यु भएको हो ।  

पुनर्वास नगरपालिका–८ स्थित से४प ६९६६ नम्बरको मोटरसाइकल र म२प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिए । 

उनका अनुसार घाइते हुनेहरुमा पुनर्वासको बिचफाँटाका १८ वर्षीय धर्मेन्द्र सुनार, ‘च’ गाउँका अर्जुन राना र कैलालीको गोदावरीका अनिल लामिछाने रहेका छन्। घाइते सुनारको अवस्था गम्भीर छ।  

घाइते तीनै जनाको कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल उपचार भइरहेको छ। मोटरसाइकलका चालक सहित सवार गरी चार जना घाइते भएका थिए। रानाको उपचारको क्रममा धनगढीमा मृत्यु भएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *