सरकार, सुरक्षा कवच बिना युद्धमा कसरी होमिन सक्छु ?

चैत १६, विराटनगर । आज देश कोरोना भाइरस संक्रमणका कारण संकटमा गुज्रिएको छ । मुलुक कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । 

नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ । यति बेला विश्वका ११६ वटा राष्ट्रमा कोरोना भाइरस फैलिरहेको छ भने नेपालमा पनि शनिबारसम्म ५ जना कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये १ जना निको भएर घर फर्किसकेको छ । कोही आइसोलेसनमा बस्न बाध्य बनेका छन् ।   

कोरोना भाइरस संक्रमणबाट बच्न विश्वका अधिकांश राष्ट्रहरुले लकडाउन घोषणा गरेको छ भने नेपालले पनि कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर मंगलबारदेखि लकडाउन घोषण गरेको छ । लकडाउन घोषण भएसँगै यति बेला स्वास्थ्यकर्मी, संचारकर्मी र सुरक्षाकर्मी आ–आफ्नो स्थानबाट जिम्मेवारी निभाइरहेका छन् । 

null

यहाँ एउटा स्वास्थ्यकर्मी आम जनताको स्वास्थ्य रक्षाका निमित्त लड्न युद्ध मैदानमा उत्रिन तयारी अवस्थामा रहेका छन्, भने जनताको स्वास्थ्य सुरक्षा दिन सुरक्षाकर्मीहरु तैनाथ छन् । त्यस्तै जनतालाई ताजा समाचार सम्प्रेष्ण गर्न हरदम तयारी अवस्थामा रहेका छन् संचारकर्मीहरु । 

नेपालको सन्न्दर्भमा कुरा गर्ने हो भने स्वास्थ्यकर्मीहरुका लागि भईपरीआएको खण्डमा उपयुक्त र पर्याप्त साधन छैन । कोशी अस्पतालका चिकित्सक र कर्मचारीले चैत्र १२ गते आफ्नो सुरक्षाको माग राख्दै आन्दोन नै गरेका थिए । कोरोना भाइरससँग लड्नका निमित्त, र जनताको स्वास्थ्य सुरक्षाका लागि सुरक्षाकर्मीहरु मास्क, लठिको भरमा आम जनताको घर दैलोमा पुगेर सुरक्षामा खटिरहेका छन् भने संचारकर्मी मास्क, क्यामेरा, कलम र डायरीको भरमा कार्यस्थलमा खटिएका छन् । 

यो समय चुनौती तीनै क्षेत्रलाई छ । आज मेरो सहपाठी मित्र दिपक कटुवालको फेसबुकवालमा पोष्ट गरेको सामग्रीले भावुक बनायो । कोरोना भाइरस संक्रमणसँग लड्न युद्ध मैदानमा खटिएको एक सिपाहीको व्यथा उनले पोखेका थिए । उनी नेपाल प्रहरीको नायव निरीक्षकको पदभार सम्हालदै सुनसरीको भुटाह चौकीमा कार्यरत छन् ।   

उनी लेख्छन्- ‘देश लकडाउनको अवस्थामा छ भने यो देशका सिपाहीहरु देशले वेहोरी रहेको यहि महासंकटविरुद्ध युद्ध मैदानमा युद्ध लडिरहेका छन् । सिपाहीको युद्ध त्यो पनि एउटा महामारीविरुद्ध सुन्दा साच्चिकै अचम्म छ तर सत्य छ, जुन युद्धमा हार निश्चित छ त्यस्तो युद्ध होमिनु समान्य कुरा पक्कै नहोला त्यसमा पनि बिना हतियार युद्द मैदानमा लड्ने कुरा चानचुने छैन तर यतिबेला एउटा सिपाही केवल नागरीकको स्वास्थ्य रक्षाका लागि एउटा लाठि र सामान्य मास्कको भरमा कोरोना भाईरससँग लड्न निरन्ततर युद्ध मैदानमा छ ।’ 

‘मानिसको कमजोर मानसिकता र अटेरीपनका कारण उनीहरुकै हितका लागी आफ्नो स्वास्थ्यको कुनै ख्याल नै नगरी सारा पीडा भुलेर निरन्तर सडकमा खटिएको त्यो सिपाहीलाई सडकमा निस्किएका जनताले जिस्काइरहेको आभास हुन्छ । उनीहरुलाई लाग्दो हो कोरोना, प्रहरी र जनता लुकामारी खेलिरहेका छन’, उनी लेख्छन्– ‘कोरोनाले देख्ला भन्दै प्रहरीले जनतालाई घरभित्र खेद्न जनता कोरोनाकोपछि लागे जस्तो घर बाहिर निस्किने साँच्चै ‘लुकिडुमको खेल’ जस्तै भएको छ यो लकडाउन । युद्ध मैदानमा उत्रिएको सिपाही सडकमा उत्रिएर जनताको घर अगाडि  उभिएर गुहार मागिरहेको छ ‘म तपाईको सुरक्षाका लागि तपाईको घर बाहिर उभिरहेका छु, कृपया तपाईहरु आफ्नै घर भित्र बसिदिनुहोला’ 

तर विडम्बना यहाँ छ गुहार मागिरहेको सिपाहीको आवाज न कसैले सुनेका छन् न कसैले बुझेका नै । त्यो समय तछाडमछाड गर्दै प्रश्न आफै उत्पन्न हुन्छ, यो के–का लागि हो ? अनि कस लागि ? आखिर यो सडकमा उभिएका सिपाहीको के स्वार्थ लुकेको छ त्यहाँ ? कि उसको परिवारको लागि हो ? तर हो एउटा सिपाहीको अन्तरआत्माभित्र स्वार्थ लुकेको छ त्यो हो देश र जनताका सुरक्षा, तर किन जनता बुझन चाहादैनन् की बुझेर पनि बुझन नचाहेका हुन् । 

भनिन्छ निदाएकालाई बिउझाउन सहज हुन्छ रे तर निदाएको नाटक गर्नेलाई बिउझाउन गाह्रो हुन्छ रे सायद यहि उखान चरितार्थ भएको हो कि ? एक पटक जनताले  ह्रदयबाट नै मनन् गरिदिए, बुझिदिए हामी प्रहरी, सम्पूर्ण सुरक्षाकर्मी घर बाहिर उभिएर जनतालाई घरभित्र बस्न आग्रह गरिरहने लडाकु सिपाहीको घर,परिवार छैन होला ? 

के अहोरात्र खटिएका सिपाहीलाई कोरोना भाइरस संक्रमण हुन्न होला ? सुरक्षाकार्मीलाई  आफ्नै परिवारको जीवन रक्षा गने कर्तव्य पनि त होला नि तर उसलाइ कुनै प्रवाह छैन परिवारको न त आफ्नै, प्रवाह छ । छ त केवाल देश र जनताको कहिले काँही त डिउटीमा निस्कने समय आफ्ना परिवारलाई सुरक्षित भएर बस है भन्नलाई फोन गर्ने फुर्सद पनि हुँदैन तर पनि त्यो सिपाहीले जनताको घर अगाडी उभिएर घर बाहिर ननिस्किनुहोस् भन्दै सुरक्षा दिइरहेका हुन्छन् । 

भाटा कारबाही आदेश अनुसार गर्दा यहाँ कति चाँडै ट्रोल बन्छ । आज भाटा उठाएको हातले भोलि लास उठाउन नपरोस भन्ने एउटा सिपाहीको धारणा हो । सुरक्षाकर्मीको पनि मन हुन्छ, परिवार, छोराछोरी, आमाबुवा सबै हुन्छन् । एउटा लडाकु सिपाहीलाई पनि परिवारसँग बसेर समय व्यथित गर्ने रहरहरु हुन्छ । 

यहाँ दुश्मनको गाली छेक्न सकिन्छ तर कोरोना भाइरस संक्रमण विश्वका ठूला–ठूला स्वास्थ्य प्रविधि सम्पन्न भएका राष्ट्रले रोक्न सकेन हामी गोली छेके जस्तो छेक्न त सक्दैनो तर कम्तिमा आफू सतर्कता रहनु आग्रह हो । किनकि यो देशलार्इ चीनको वुहान बनाउनु छैन, इटाली, अमेरीका र स्पेनको अवस्थामा पुर्याउनु छैन । 

हामी वीर गोर्खालीको इतिहास तब जीवित रहनेछ, जब हाम्रो लडाइले कोरोना भाइरसको महामारीलाई परास्त गर्ने छ । आनुहोस् तपाई हामी मिलेर यो लडाइ लडौं, कोरोना भाइरसलाई मिलेर परास्त गरौं तपाई जनता घरभित्र सुरक्षित बस्नुहोस हामी सिपाही बाहिर युद्ध मैदानमा तपाईको घर अगाडी बस्छौ । 

यहाँ जिम्मेवारीको कुरा गरिरहँदा र जनताले अटेर गरीरहँदा कृष्णहरी बरालको शब्द रचना, सुरेश गैरेको संगीत र दिपक लिम्बुको स्वरमा रहेको गीतका केहि हरफको याद आयो । 

यहाँ देशको छ चिन्ता तिमि माया, माया भन्छौं । 

साँचै नबुझने हौ की, नबुझे जस्तै बन्छौं ।। 

…. यहाँ देशको छ चिन्ता 

माथिको गीत आजको परिस्थिति सुहाउदो बनेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *