खोलामा डुबेर युवकको मृत्यु
मकालु खबर
२०७६ चैत १२ गते
चैत्र १२, विराटनगर । लोहन्द्रा खोलामा डुवेर एक जनाको मृत्यु भएको छ । मोरङ बेलबारी २ मा रहेको लोहन्द्रा खोलामा २२ वर्षीय मित्र याख्खाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
मंगलबार पौडी खेल्न गएको याख्खालाई पानीमा डुबेर अचेत अवस्थामा उनका आफन्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए । याख्खाको उर्लााबरीस्थित मंगलबारे अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले जानकारी दिए ।
मकालु खबर
२०७६ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित