नर्भिक अस्पतालको प्रष्टोक्ति–‘कोरोनाका विरामी छैनन्’

चैत्र ८, काठमाडौं । राजधानीको थापाथली स्थित नर्भिक अस्पतालले आफु कहाँ कोरोना भाइरसका विरामी नभएको बताएको छ । हिजो रातिदेखि नर्भिक अस्पतालमा ८ जना कोरोनाका विरामी लुकाइएर राखिएको भन्दै विभिन्न सामाजिक सञ्जालमा फैलिएको अडियो गलत रहेको भन्दै नर्भिकले आफु कहाँ अहिलेसम्म कोरोना भाइरस संक्रमणका विरामी नआएको प्रष्ट पारेको हो ।   

अस्पतालले आज विज्ञप्ति जारी गर्दै शनिबार विहानै देखि सामाजिक सञ्जालमा फैलिएको ८ जना कोभिड १९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक समाचारहरु कपोकल्पित भएको बताएको छ ।   

अस्पतालका नायव महाप्रबन्धक आर पी मैनालीले अस्पतालमा हालसम्म त्यस्ता विरामी नआएको र समाचार कपोकल्पित, भ्रामक रहेको बताएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *