कोरोना महामारी नियन्त्रण गर्न स्पेनमा संकटकाल

चैत २, काठमाडौं । युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागु गरेका छन् । उनीहरुले इटलीको अनुसरण गर्दै आपत्कालीन प्रतिबन्धहरू लागु गरेका हुन् । 

स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । बीबीसीका अनुसार स्पेनमा अहिलेसम्म १९१ जनाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युरोप अहिले कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु बनेको जनाएको छ । 

महामारीबाट सर्वाधिक प्रभावित देशमध्ये इटलीपछि स्पेन आउँछ । फ्रान्समा ९१ जनाको मृत्यु भएको छ । त्यहाँ क्याफे, रेस्टुराँ, चलचित्रघर र अधिकांश पसलहरू बन्द भएका छन् । इटलीमा १,४४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । सोमवारदेखि त्यहाँ देशव्यापी बन्द लागु गरिएको छ । 

सङ्कटकाल घोषणा भएकाले सरकारले नागरिकहरूलाई आवश्यक उपभोग्य सामग्री र औषधि किन्न वा काममा जानबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । सबै सङ्ग्रहालय, सांस्कृतिक केन्द्र, खेलकुदस्थल बन्द हुनेछन् । रेस्टुराँ र क्याफे होम डेलिभरी मात्र गर्न पाउनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *