यस्तो ‘राजकुमार’ चाहन्छन् यो जमानाका युवतीहरु

फागुन २६, काठमाडौं । हालसालै ह्वाट्स एप लगायत कयौँ सामाजिक सञ्जालमा विवाहको एक विज्ञापन खुब घुम्यो । अंग्रेजी विज्ञापन बेरोजगार दुलहाको तर्फबाट थियो । 

युवकले बताएको थियो कि ‘मलाई यस्तो दुलही चाहिन्छ’… 

‘समान धर्म, जाति, निकै गोरी, सुन्दर, इमान्दार, विश्वसनीय, प्रेम गर्ने, हेरचाह गर्ने, बहादुर, धनी, देशभक्त, कट्टर तर सहृदयी, बालबच्चाको रेखदेख गर्ने, जागिरेसहित कुण्डली मेल खाने र ३६ गुणयुक्त हुनु अनिवार्य छ ।’ 

उक्त विज्ञापन खुब चर्चामा आयो । मजाक पनि उडाइयो । यो साँचो हुन पनि सक्छ, नहुन पनि सक्छ । तर यस्ता विज्ञापन अखबारमा सजिलै देखिन्छ ।  

युवतीहरु चाहीँ कस्ता दुलहा चाहन्छन् त ? के युवतीहरु पनि विवाहअघि यसरी नै शर्त राख्छन् जसरी पुरुषपक्षले राख्छ ?  

कस्ता पार्टनर चाहन्छन् महिलाहरु ?   

युवतीहरु भन्छन्–  

‘जो मलाई इज्जत दिउन् । मलाई पनि आफू जस्तै मानिस सम्झिउन् । मानिसको दर्जा दिऊन् । मानिस राम्रो छ भने श्रीमान पनि राम्रै हुन्छ । प्रत्येक मामलामा समानतामा विश्वास राख्ने होस् । प्रगतिशील, हेरचाह गर्ने होस् । सकारात्मक सोचको होस् । 

जुन कुरा उसलाई सही लाग्छ, त्यो मेरो लागि पनि सही होस् । इमान्दार, भरोसा लायक होस् । शान्त, समझदार, संवेदनशील होस् ।  

डिग्रीवाला मात्र शिक्षित हुँदैनन् । पढेलेखेको नहोस् तर दृष्टिकोणमा खुलापन होस् । मित्रवत् व्यवहार गरोस् । मलाई अध्ययन गर्न, अघि बढ्नबाट नरोकोस् । कुनैपनि कुरा या काममा जबरजस्ती नगरोस् । मलाई स्वतन्त्र छोडिदेओस् । कहीँ आउन–जानमा रोकटोक नगरोस् । अनाहकमा शंका नगरोस् । ऊ घरको कामका लागि राखिएकी एक महिला होइन आफ्नो जीवनसाथी सम्झियोस् । घरको काममा सहयोग गरोस् । 

सन्तान कहिले जन्माउने ? यो फैसला दुवैको होस् । सन्तानको हेरचाहमा समय देओस् । मेरो मात्रै होइन, मेरो माइतीलाई पनि इज्जत देओस् । म जे भन्छु ध्यान दिएर सुनोस् । म जस्तो छु त्यस्तै स्वीकार गरोस् । मेरो भावना बुझिदेओस् । मलाई धेरै प्रेम गरोस् ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *