कोरोनाभाइरसको संक्रमित भारतमा २८ पुग्यो
मकालु खबर
२०७६ फागुन २१ गते
फागुन २१, काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या भारतमा २८ पुगेको छ । जसमा १५ जना इटालीका पर्यटक रहेका छन् । प्राप्त जानकारी अनुसार अहिले नयाँ दिल्लीमा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
कोरोनभाइरसको संक्रमितको सङ्ख्या ह्वातै बढेपछि भारतले मार्च ३ वा सोभन्दा अगाडि दिइएका इटाली, इरान, दक्षिण कोरिया र जापानका नागरिकको सबै भिसा रद्द गर्नुको साथै नयाँ भिसा दिन समेत बन्द गरेको छ । सबै अन्तर्राष्ट्रिय यात्रुहरुले अब यात्रा गर्नको लागि विमानस्थलमा आफूले यात्राको स्थान, सम्पर्क विवरण लगायत फारम भर्नुपर्नेछ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ३ जना केरलामा ९स्वस्थ भइसकेको०, १ जना दिल्ली, ६ जना आगरा, १ जना हैदराबाद र १६ जना इटालियन पर्यटक, एक जना उनीहरुको ड्राइभर रहेका छन् ।
मकालु खबर
२०७६ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित