बैंक अफ काठमाण्डूको भिसा नगद फिर्ता योजना
फागुन १८, काठमडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ । आफ्नो कार्ड बाहक ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दैबैंकले बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको हो ।
कार्ड बाहक ग्राहकले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र पीओएस तथा ई कमर्स कारोबार गर्दा रु. ५०० नगद फिर्ता पाउने छन् ।
जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पीओएस कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउने छन् । तथा कम्तीमा २ वटा ई कमर्स कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउने बैंकले जनाएको छ ।
उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुशार लागू हुनेछ ।
यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार रु. ५०० वा सो भन्दा बढि हुनुपर्नेछ ।
उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि हुनेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।