अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको संख्या २५ पुग्यो

फागुन २१, काठमाडौं । अमेरिकामा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । दक्षिणी शहर न्यासभिल र आसपासका क्षेत्रमा आएको आँधीका कारण कयौं घरहरुमा क्षति पुगेको छ । 

सरकारी अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएअनुसार आँधीमा परेर केही स्थानीय हराइरहेका छन् । आँधीमा परेर मुत्यु हुनेहरुमा वृद्धवृद्धा र बालबालिका रहेको बताइएको छ । 

आँधीका कारण सडक अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द भएको समाचारमा जनाइएको छ । आँधीका कारण सार्वजनिक यातायात, विद्यालय तथा सरकारी कार्यालयहरु समेत बन्द भएका छन् ।   

यसैबीच चुनावी अभियानमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले शुक्रबार टेनिसीको भ्रमण गर्ने तयारी गरेका छन् । सन् २००८ मा आएको आँधीका कारण उक्त क्षेत्रमा ५५ जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *