नयाँ तथा पुराना उद्योगीहरुका लागि नबिल बैंकले ल्यायो नयाँ योजना
चैत्र ३, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ तथा पुराना उद्योगी व्यवसायि, संघ संस्था तथा व्यक्तिहरुका लागि नयाँ योजना ल्याएको छ । बैंकले व्यवसाय गर्ने तथा व्यवसायिक उदेश्यमा सहयोग पुर्याउन विभिन्न किसिमका परामर्श सेवा लगायत नयाँ योजना ल्याएको हो ।
बैंकले व्यवसायी, नयाँ व्यवसाय सञ्चालन गर्न चाहने व्यक्ति तथा उद्योगहरुलाई उनीहरुको व्यवसाय बढाउन सहयोग पुग्ने खालका अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा रिसर्च बेस्ड कर्पोरेट एडभाइजरी सर्भिस उपलब्ध गराउने भएको छ ।
लगानी गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुलाई नबिल बैंकले साना तथा मध्यम वर्ग तथा स्टार्ट(अपमा लगानी गर्न चाहेमा परामर्श सेवा उपलब्ध गराउने छ ।
आफ्नो उद्योग व्यवसाय संचालन गरिरहेका उद्योगीहरू तथा नयाँ व्यवसाय संचालन गर्न चाहने व्यवसायीहरूको लागि वित्तीय सर्वेक्षण, बजार सर्वेक्षण, सम्भाव्यता अध्ययन, व्यापारिक योजना र विकास, व्यापार रणनीति विकास, व्यवसाय मूल्यांङ्कन, शेयर÷इक्विटी मूल्यांङ्कन, आम्दानी योजना, खर्च योजना, पूँजीगत बजेट, पूँजी पुनर्संरचनालगायतका सेवासमेत उपलब्ध गराउने बैंकले जनाएको छ ।