कोरोनाको त्रासः पोर्चुगलका राष्ट्रपति घरमै बसेर काम गर्ने
मकालु खबर
२०७६ फागुन २६ गते
काठमाडौं । कोरोना भाइरसका कारण पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो देसौसाले घरमै बसी काम गर्ने भएका छन् ।
राष्ट्रपति भ्रमणमा गएको एक विद्यालयका विद्यार्थीमा कोरोना भाइरसको लक्षण देखिएपछि उनले आईतबार आफ्ना सबै सार्वजनिक गतिविधि रद्द गराएर घरमै बसी काम गर्ने निर्णय लिएका हुन् । अहिले उक्त विद्यालय पनि बन्द गरिएको छ ।
संक्रमित उक्त विद्यार्थी राष्ट्रपती निवासमा नगएको र राष्ट्रपतिमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार आफैं आइसोलेसनमा बसेर कोरोनाको रोकथामको उपाय अपनाउने र घरबाटै काम गर्न सबैलाई प्रेरित गर्नको लागि राष्ट्रपतिले यस्तो निर्णय लिएका हुन् ।
मकालु खबर
२०७६ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित