कोरोना भाइरसको सचेतनासँगै धरानको होली सम्पन्न

धरान । कोरोना भाइरसको सचेतना कार्यक्रमसँगै धरानको होली सम्पन्न भएको छ । धरान जेसीसको आयोजनामा नोवेल कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रमका साथै सौहार्दपूर्ण वातावरणमा फागु पूर्णिमा कार्यक्रम सम्पन्न भएको हो ।   

उल्लेख्य संख्यामा उपस्थितिलाई श्रव्य दृश्य मार्फ सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएका थियो  ।  कार्यक्रममा सहभागीलाई मास्क, टिसर्ट वितरण गरिएको थियो ।   

कार्यक्रमका सहभागी धरान जेसीसका पूर्व अध्यक्ष अशोक ताम्राकारले भने “विश्वमा त्रास फैलाउने कोरोना भाइरसका मिथ र तथ्यका बारेमा जानकारी पाउँदा खुसी लाग्यो” । नोवेल कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रमको सहजीकरण वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.बि.बि.एस.तेस्रो वर्षमा अध्ययनरत समन वाग्ले र निशान्त डल्लाकोटीले गरेका थिए ।   

वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पानी छ्याप्ने, इच्छा विपरीत रङ्ग दल्ने, अण्डा फुटाउने जस्ता  कार्यहरु निषेधित गरिएको थियो ।   

कार्यक्रमको अर्को आकर्षणका रुपमा सचेतनामुलक फेसपेन्ट र सांगीत प्रस्तुति रहेको थियो । फेसपेन्ट माइनर वि.क. र सचिन शाक्यले गरेका थिए ।   

सांगीतिक प्रस्तुती राजु थापा र जेसी सुमित श्रेष्ठले गरेको थिए । कार्यक्रम को सभापतित्व अध्यक्ष दिपेन्द्र निरौलाले गरेका थिए ।  उक्त कार्यक्रमका संयोजक जेसी बलराम विश्वकर्मा हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *