खाना पकाउने ग्यास पर्याप्त छ, मौजाद नराख्नुस् : उद्योग मन्त्रालय

फागुन ३०, काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव हुने डरले ग्यास मौजाद राख्ने सर्वसाधारणलाई सरकाले मौज्दात नराख्न अपिल गरेको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै बजारमा अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर भरेर नराख्न सर्वसाधारणलाई अपिल गरेको हो । 

मन्त्रालयकी सहायक प्रवक्ता उपसचिव उर्मिला केसीले विज्ञप्ति जारी गर्दै बजारमा ग्यासको आपूर्ति पर्यात भएकाले माग धान्न समस्या नहुने भन्दै मौजाद नराख्न आग्रह गरेकी हुन् ।   

‘बजारमा निगमले प्रशस्त मात्रामा ग्यासको आपूर्ति गर्ने र माग धान्नका लागि समस्या नहुने भएकोले आवश्यकता भन्दा बढी मौज्दात नराख्नु हुन समस्त उपभोक्ता वर्गहरुमा जानकारी गराउँछौ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

मन्त्रालयले उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाएको पनि जानकारी दिएको छ । उपभोक्ताहरुलाई विगतमा झै नियमित तरिकाले वस्तुहरु उपभोग गर्न पनि मन्त्रालयले अपिल गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *