श्रीलंकाकाे प्रसिद्ध ब्राण्ड कमरिका र बेबी शेरामी अब नेपालमा पनि
फागुन २५, काठमाडौं । कपाल र बालबालिकाको हेरचाहका लागि प्रसिद्ध ब्राण्ड कमारिका र बेबि शेरामी नेपालमा बिक्री वितरण शुरु गरिएकाे छ । कपाल र बालबालिकाको हेरचाहका लागि हेमाज म्यानुफ्याक्चरिङ प्रा. लि.काे सो ब्राण्डका उत्पादन नेपाली बजारमा ल्याइएको हो ।
उक्त उत्पादन शुक्रबार पूर्वप्रधानमन्त्री झलनाथ खनाल, हेमाज म्यानुफ्याक्चरिङका निर्देशक रोय जोसेफले एक भब्य समाराेहका विच सार्वजनिक गरेका थिए ।
हेमाज होल्डिङ्ग FMCG एक श्रीलङकन संगठन हो जुन विगत ७० वर्ष देखिको पौराणिक सम्पदा बोकेर विभिन्न क्षेत्रहरु FMCG, यातायात, स्वास्थ सेवा र अन्य क्षत्रमा कार्यरत रहदै आएको छ । हेमाज मेनुफ्याकचरिङ श्रेत्रमा नेतृत्व लिएको कम्पनीले गौरव गर्ने उत्पादनहरु बेबीकेयर (साबुन,स्याम्पु, कोलोन, क्रिम, लोसन), ओरल केयर (मन्जन,माउथवास),सकिन केयर (साबुन, लोसन, बडि वास), हेयर केयर (ओइल,स्याम्प, कन्डिसनर सिरम), सगन्ध अत्तर (DEO र कोलोन दुबै महिला, पुरुषका लागि) र स्यानिटरी न्यापकिन्स रहेको बताइएको छ ।
कुमारिका ब्राण्डको कपालको तेल एक हर्बल तेल हो जुन नरिवलको तेलमा प्राकृतिक जडिबुटिहरु मिलाई तयार पारिएको छ । यसले कपाललाई आकर्षक र सुन्दर पार्छ जुन विश्वको सबै ग्राहक माझ हर्बल तेल सुन्दर कपालको लागि भनेर चिनिएको छ । कुमारिकामा हेयर आयल, स्याम्पु, कण्डिशनर शिरम रहेका छन् ।
कुमारिका सन् १९६२ मा फ्रान्सेली बहुराष्ट्रिय कम्पनीका सहकार्यमा उत्पादन शुरुवात भएको कम्पनीले जनाएको छ । यस ब्राण्डका उत्पादनहरु कोलोन, कीम, लोसन, स्याम्प , साबन, पाउडर र अन्य बालबालीका उत्पादनहरु समावेश गरेका छन् । बेबी शेरामी आमाहरुका माझ विश्वासीलो ब्राण्डका रुपमा स्थापित भईसकेको र बच्चाहरुको छालाका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ ।
कमारिका र बेबी शेरामी ब्राण्ड संसारको हजारौं ग्राहक माझ पुग्न सफल भईसकेको छ र दैनिक प्रयोजनका लागि अभिन्न अङ्ग जस्तै भईसकेको छ । यसका उत्पादनहरु भारत, मलेशिया, माल्दिभ्स, पाकिस्तान, लेबनान, बङ्गलादेश, यूके, न्यूजिल्याण्ड, अष्ट्रेलिया र द मिडल ईष्ट जस्ता देशहरुमा निर्यात भइरहेका छन् । अझै नयाँ मार्केटका लागि विस्तारमा रहेको कम्पनीले जनाएको छ ।
नेपालमा श्रीलंकाकाे उत्कृष्ट ब्राण्ड हजुरलाइ नमस्ते ट्रेड मार्फत नेपालमा भित्रिएकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत तारा बहादुर कुँवरले जानकारी दिए । कुँवर निर्माण ब्यवसायमा हेभी इक्युपमेन्ट क्षेत्रका प्रतिष्ठित ब्यक्ति हुन् । उनले श्रीलंकाकाे एउटा विस्वासिलाे र गुणस्तरीय ब्राण्ड नेपाली बजारमा ल्याउन पाउँदा गाैरब बाेध भएकाे बताए ।