स्वास्थ्य उपकरण लिएर उडेको सेनाको विमान आकस्मिक अवतरण

चैत्र १७, काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि मेडिकल सामान बोकेर गएको नेपाली सेनाको स्काई ट्रक सम्बन्धित स्थानमा नपुगी बाटोबाटै फर्किएको छ। सूदुरपश्चिम प्रदेशको धनगढी तथा प्रदेश १ को विराटनगरका लागि उडेको नेपाली सेनाको स्काई ट्रक ‘अनौठो गन्ध’ आएको भन्दै बीचबाटै फर्किएको हो।   

स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका सामान प्रदेशमा पुर्‍याउनका लागि स्काई ट्रक सोमबार बिहान उडेको थिए। मास्क, स्यानिटाजर, पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर नेपाली सेनाको स्काई ट्रक उडेको थियो।   

विमान चालकले गन्धका कारण उडान भर्न नसक्‍ने बताएपछि स्काई ट्रक डाइभर्ट भएर पुन: त्रिभुवन विमानस्थल नै फिर्ता भएको थिए। सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्काई ट्रक फिर्ता भएको घटनाको पुष्टि गरे।   

‘गन्ध आयो भने बीचबाट स्काई ट्रक फर्किएको सही हो। त्यो गन्ध आइरहेको सामान हटाएर सुर्खेतका लागि एउटा ट्रक गइसक्यो। अब धनगढी लाने पनि उड्‍न तयार छ,’ उनले भने। उनका अनुसार के कस्तो गन्ध आएको भनेर यकिन भइसकेको छैन। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार स्यानिटाइजरको गन्धका कारण विमानहरू बीचबाटै फिर्ता भएकाहुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *