सरकारले दक्षिण एशियाली राष्ट्रको संयुक्त कोषमा १० करोड योगदान गर्ने

चैत्र ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीका विरुद्ध खर्च गर्न खडा गरिएको संयुक्त कोषमा नेपालले १० करोड रुपैयाँ योगदान गर्ने बताएका छन् । 

आज (शुक्रबार) साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू अस्पतालबाट डिस्चार्ज भएलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आयोजित दक्षिण एशियाली राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुको भिडियो कन्फरेन्समा सम्बोधन गरेको स्मरण गराउँदै सोबारे जानकारी गराएका हुन् ।  

‘सम्बोधना क्रममा मैले कोरोना भाइरस महामारीका विरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्रीले आव्हान गर्नु भएको संयुक्त कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाएको थिएँ । सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस भन्ने उद्देश्यले यस कोषमा १० करोड रुपियाँ योगदान गर्ने समेत जानकारी गराउँदछु’, प्रम ओलीले भने, ‘यस महामारीसँग जुध्न हाम्रा छिमेकीहरु, क्षेत्रीय मित्रहरु र अन्तर्राष्ट्रिय समुदायसँग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिवद्ध छौँ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *