भक्तपुरबाट विप्लव समूहका एक नेता पक्राउ

फागुन २८, काठमाडौं । भक्तपुरबाट नेत्रविक्रम चन्द विप्लव माओवादीका एक नेता पक्राउ परेका छन् । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा विस्फोट भएको केही समयपछि  पार्टीका भक्तपुर जिल्ला कमिटी सदस्य देवबहादुर गुरुङ पक्राउ परेको प्रहरीले जनाएको  छ। 

उनलाई भक्तपुरको मनोहराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।   

पक्राउ परेका गुरुङमाथि बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईको घरमा विस्फोट गराएको प्रहरीको आरोप छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *