कोरोना भाइरस त्रास : बजार अनुगमनलाई तिब्र बनाउँदै गृहमन्त्रालय

फागुन २३, काठमाडौं । गृहमन्त्रालयले बजार अनुगमनलाई तिब्र बनाउने भएको छ । अहिले कोरोना भाइरसको संक्रमणको त्रास फैलिरहेको बेला  बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउनेविरुद्ध गृहले अनुगमनलाई तिब्र बनाउन लागेको हो ।   

अहिले बजारमा कोरोनाको त्रास फैलिएसँगै मास्क, ग्यासलगाएतका सामाग्रीहरुको कृतीम अभाव सुजना भइरहेको छ ।   

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बैठकले मास्कलगायत दैनिक अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने पनि निर्णय गरेको छ । 

बैठकमा सीमा नाकामा आवतजावत गर्नेमाथि सुरक्षाकर्मीबाट थप निगरानी बढाउन पनि थापाले निर्देशन दिएका छन् । बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा लगायतकाको उपस्थित रहेको थिए । 

बैठकले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समितिसँग समन्वय गरेर काम गर्ने पनि निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *