तीन दिनको मौसमः पश्चिमि भू–भागमा चट्याङ्ग सहित वर्षाको संभावना

चैत्र १३ गते (बिहिबार) 

आज दिउँसो देशको पश्चिमि भू–भाग लगायत मध्य र पूर्वी पहाडि भु–भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा देखि आंशिक बदलि हुने देखिन्छ । पहाडी भू–भागका एक दुइ स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । 

आज राती देशको पश्चिमि भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलि हुने देखिन्छ । पश्चिमि भू–भागका थोरै  स्थानहरुमा र पुर्वका एक दुइ स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

null

चैत्र १४ गते (शुक्रबार) 

दिउँसो देशको पश्चिमि भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदलि रहनेछ । पश्चिमि भू–भागका केहि स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

राती देशको पश्चिमि र मध्य भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदलि रहनेछ । पहाडी भू–भागका  थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।  हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

चैत्र १५ गते (शनिबार) 

दिउँसो देशको पहाडि भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा देखि हुने देखिन्छ । पहाडी भू–भागका एक दुइ स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।  

राती देशको पहाडि भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा देखि हुने देखिन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *