चीनमा देखा पर्‍यो नयाँ भाइरस, एक जनाको मृत्यु

चैत्र ११, बेइजिङ ।  चीनमा फेरी नयाँ भाइरस देखा परेको छ । चीनको युनान प्रान्तमा देखा परेको यो भाइरसबाट एक जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यम गालोबल टाइम्सले जनाएको छ ।   

भाइरसको नाम हान्ता बताइएको छ ।   

सोमबार सेन्दोङ प्रान्तबाट फर्किएका उनको मंगलबार मृत्यु भएको जनाइएको छ ।   

उनीसँगै उक्त बसमा अन्य ३२ जना पनि सवार रहेको बताइएको छ ।  

चीनको रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार हान्ता भाइरस जुन मुसा प्रजातिबाट फैलिने भाइरस हो । यसले मानिसमा विभिन्‍न संक्रमण गराउँछ  । यसको संक्रमणबाट हान्ता भाइरस पल्मोनरी (फोक्सोसम्बन्धी) सिन्ड्रोम (एचपीएस) र हइमोरहाजिक फिभरसँगै रेनल (मिर्गौलासम्बन्धी) सिन्ड्रोम (एचएफआरएस) गराउँछ ।   

यो भाइरसको संक्रमण हावाबाट हुँदैन । मुसालगायतका प्रजातीको पिसाब, दिशा अथवा खकार छोएमा अथवा मुसा प्रजातिको टोकाइबाट संक्रमण हुन्छ । हान्ता भाइरसको एचपीएस संक्रमण भएमा सुरुमा थकान महसुस हुने, ज्वरो आउने र मांशपेसी दुख्‍ने हुन्छ । यससँगै टाउको दुख्‍ने, चिडचिडाहट हुने, चिसो हुने र पेटसम्बन्धी समस्या देखिन्छ ।   

यी लक्षण देखिँदा पनि उपचार नगराएमा खोकी लाग्‍ने र श्वासप्रश्वासमा समस्या हुनुका साथै मृत्युसम्म हुन्छ । चिनियाँ रोक नियन्त्रण तथा उपचार केन्द्रका अनुसार मृत्युको जोखिम ३८ प्रतिशत हुने बताइएको छ ।   

त्यसैगरी एचएफआरएस पनि समान लक्षण देखिन्छन् । समयमा उपचार नभएमा कम रक्तचाप हुने, गम्भीर घात हुने, नसा फुट्‍ने र मिर्गौलाले काम गर्न छोड्‍ने हुन्छ ।  एचपीएस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भने एचएफआरएस पनि विरलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।  सीडीसीका अनुसार मुसा प्रजातिको नियन्त्रण गर्नु नै हान्ता भाइरसबाट बच्‍ने प्राथमिक उपाय हो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *