बसको ठक्करबाट स्कुटरमा सवार युवाको मृत्यु

चैत १, चितवन । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पूर्वी चितवनको बिरेन्द्रनगर चोकमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ भने चालक घाईते भएका छन् ।   

गएराती पश्चिमबाट पूर्वतर्फ जादै गरेको प्रदेश नम्बर १ ०१००१ ख ३४६४ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश नम्बर ३ ०३०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका स्कुटर पछाडी सवार बाराको परवानीपुर २ मुसहरीका १९ वर्षीय राजिव ठाकुरको उपचारका क्रममा पुरानो मेडीकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवन जानकारी दिएको छ ।   

मृतक ठाकुर पुष्पाञ्जली हस्पिटल भरतपुरका ल्याव टेक्निीसीयन रहेको बुझिएको छ । स्कुटर चालकको सोहि मेडिकल कलेजमा उपचार भइरहेको छ । स्कुटरलाई ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *